हिमालयन क्यापिटलको कारोबार सुरु

12

(काठमाडौं) – हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको हिमालयन क्यापिटलले शुक्रबार देखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।

हिमालयन क्यापिटलले कार्तिक १५ गते शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको हो । हिमालयन बैंकको पूर्ण स्वामित्व रहेको उक्त क्यापिटलको शुक्रबार एक समारोहका बीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उद्घाटन गरि कारोबार प्रारम्भ गरेका हुन् ।

मर्चेण्ट बैंकिङ कारोबार अन्र्तगत क्यापिटलले धितोपत्र निष्काशन, शेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डीपी सेवा प्रदान गर्ने जनाएको छ ।

कारोबारको शुभारम्भ गर्दै बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पूँजी बजारमा आएका सकारात्मक परिवर्तन र बजारको दायरामा भएको वृद्धिलाई आत्मसाथ गर्दै ग्राहकको सेवामा समर्पित हुने बताए ।

ग्राहकहरुलाई मर्चेण्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको सो क्यापिटललाई धितोपत्र बोर्डले गत साउन २६ गते कारोबारको अनुमति प्रदान गरेको थियो ।

समाचार वर्गहरू