काठमाडौं – साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स गाभिई बनेको हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ ।
कम्पनीले २०८१ साल बैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण तथा पुनर्जागरण गर्दा विभिन्न शर्तको अधिनमा रहि बीमाशुल्कमा लाग्ने बिलम्व शुल्कमा छुट दिने भएको हो ।
तीन वर्षसम्म बीमालेख व्यतित भएको अवस्थामा बीमाशुल्कको ब्याज तथा जरिवानामा शतप्रतिशत छुट दिने जानकारी कम्पनीले दिएको छ ।
त्यस्तै ३ वर्ष माथि देखि ५ वर्षसम्म व्यतित बीमालेखमा ५० प्रतिशत, ५ वर्षमाथी देखि ७ वर्षसम्म व्यतित बीमालेखमा ३५ प्रतिशत र ७ वर्ष माथी देखि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज तथा जरिवानामा छुट प्रदान गर्ने कम्पनीको भनाई छ ।
उल्लेखित किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने जानकारी कम्पनीले दिएको छ ।
