हिमालय वाईट, नोबेल र शारदा मावि क्वाटरफाईनलमा प्रवेश

14

(धनगढी) – हिमालय वाईट हाउस काठमाडौं नोबेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो ।

समूह डी अन्तर्गत भएको दोस्रो खेलमा हिमालय वाईट हाउस काठमाडौंले शानदार जित हात पारेको छ । हिमालय वाईट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो । सैनिक आवासियले दिएको ७६ रनको विजय लक्ष्य वाईट हाउसले ५ दशमलव ४ ओभरमा पूरा गर्यो ।

वाईट हाउसका लागि दिपक बोहोराले अविजित अर्धशतकीय पारी खेले । २१ व्लको सामना गरेका उनले ४ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै सुदीप बस्नेतले अविजित १५ रन बनाए । यसअघि टस जितेर पहिले व्याटिंग गरेको सैनिकले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनको योगफल बनाएको थियो ।

सो पारीमा विवेक विष्टले २५ रन स्वप्निल केसीले १७ र अभिनास चन्दले ११ ररन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । यस्तै, समीर तिमिल्सेनाले ३ विकेट लिए । ५ विकेट लिएका वाईट हाउसका आरियो पौडेल म्यान अफ द म्याच भए ।

उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए । संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलको नतिजाले समूह सी बाट क्वाटरफाईनल पुग्ने दुई टीमको टुंगो लगाएको छ । सत्यवती एकेडेमी लगातार दुई खेलमा पराजित भएपछि समूह सी बाट नोवेल एकेडेमी र शारदा मावि अन्तिम आठमा पुगेका छन् । यसघि सत्यवती शारदा माविसँग पाजित भएको थियोे । समुह सी मा नोवेल र शारदा समूह विजेता र उपविजेताका लागि खेल्ने छन् ।

बुधबारको पहिलो खेलमा सत्यवती नोवेल एकेडेमीसँग ९१ रनले पराजित भएको हो । टस हारेर पहिले व्याटिंग गरेको नोवेल एकेडेमीले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ५९ रन बनायो । नोवेलका लागि गणेश विटालुले ५२ रनको अर्धशतकीय पारी खेले । २६ बलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे ।

त्यस्तै, अनिल थापाले २६ रन बनाए । सत्यवतीका लागि निरज भट्टले ३ र योगेश भाटले २ विकेट लिए । एक सय ६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६८ नमा समेटियो । सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् ।

नोवेलका लागि विकास सुनार र गणेश विटालुले समान ३ विकेट लिए । ३ विकेट लिदैं ५२ रन बनाएका नोवेलका गणेश विटालु म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

समाचार वर्गहरू