काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुमा नेकपा एमाले परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
शनिबार हेलम्बु-७ मा आयोजित एक कार्यक्रमकाबिच तल्लो पातिङ र सुरसिङका एमालेका स्थानिय नेता कार्यकर्तालाई नेपाली काँग्रेसका महासमिति सदस्य एवं हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टी प्रवेश गराएका हुन् ।
‘नेकपा एमालेका नेता शेर बहादुर तामाङलाई दुई कार्यकाल चुनाव जिताएर पठाएपनि पटक-पटक मन्त्री हुँदासमेत हेलम्बुका बासिन्दाको विपत्तीमा वेपत्ता भएको र चुनाव जितेर गएपछी उनको नाक मुख नदेखेकोले हामीहरु एमाले छोड्न बाध्य भएका हौं ।’ नव प्रवेशी शुरेश तामाङले बताए ।
अर्का प्रवेशी बुद्धसिङ्ग तामाङले भने ‘एमाले जनतामा भ्रमको खेती गर्ने काममा मात्रै लागेको तर स्थानिय तहमा जितेको काँग्रेसले हेलम्बुका जनताको हरेक सुखदुखमा सहयोग गर्दै कुनै पार्टी नभनी सबैतिर बिकाशको लहरै ल्याएकोले जनताको पिरमर्का बुझ्ने पार्टी काँग्रेस रहेछ भन्ने बुझेर काँग्रेस प्रवेश गरेका हौं ।’
आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रीक वाम गठबन्धनका उमेदवार हरुलाई जिताउन लागीपर्ने उनले बताए ।