हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पालाई मातृशोक

13

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता निमा ग्याल्जेन शेर्पालाई मातृशोक परेको छ । अध्यक्ष शेर्पाकि आमा लाभुरी शेर्पाको ८५ बर्षको उमेरमा गएराती हेलम्बु- १ सिन्धुपाल्चोक मा निधन भएको हो ।

ह्योल्मो परम्परा अनुसार मृतक शेर्पाको शुक्रबार अन्त्येष्टि गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । साथै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यो विषम परिस्थितिमा साथिभाई, इष्टमित्र, शुभेच्छुक सबैलाई समवेदनाको निम्ति भौतिक उपस्थितिको कष्ट नगरिदिनुहुन समेत अध्यक्ष शेर्पाले अनुरोध गरेका छन् ।

यसैगरी सिन्धुपाल्चोक रेडक्रस खाडिचौर शाखाका सभापती एवं समाजसेवी बयान बहादुर श्रेष्ठको सोमबार निधन भएको छ । त्यस्तै मेलम्चि नगरपालिका-११ का कांग्रेस नेता एवं समाजसेवी कृष्ण प्रसाद दुलालको पनी ८६ बर्षको उमेरमा गएराती निधन भएको खबर प्राप्त भएको छ ।

समाचार वर्गहरू