हेलम्बु गाउँपालिका अध्यक्ष सहित सबै कर्मचारी कोरोनामुक्त

7

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष सहित पालिकाका सबै कर्मचारी कोरोनामुक्त भएका छन् ।

यस अघि गाउँपालिका अध्यक्ष लगायत गाउँपालिका सम्बद्ध १८ जना कर्मचारी कोरोना संक्रमित भएपछि त्रसित बनेको हेलम्बु गाउँपालिका अबदेखी करिब कोरोना मुक्त भएको हो ।

“कोरोना संक्रमित भएपछि हामी सबैले स्वास्थ मापदण्ड पुर्ण रूपमा पालना गरेर सचेत रहँदै दृढ़ आत्मविश्वासका साथ अनुशासित ढंगले होम आइसोलेसनमा बसेर कोरोना परास्त गरेका छौं ।” कोरोना संक्रमित अध्यक्ष शेर्पाले भने  “कोरोना महामारीलाई परास्त गर्न बलियो आत्मबल र स्वास्थ मापदण्डको पुर्णतः पालना गर्दा सकिने रहेछ ।”

हेलम्बु गाउँ पालिकाले दिएको जानकारी अनुसार यस अघि संक्रमित भएका सबैको रिपोर्ट नेगेटिभ आएपछि अहिले हेलम्बुमा संक्रमित जम्मा ६ जना मात्रै बाँकी रहेका छन् । उनीहरुको स्वास्थ अवस्था पनि सामान्य रहेको छ ।

हेलम्बुले नियमित औषधि सेवन गर्ने बिरामीहरुको लागि घरमै औषधि पुर्याइरहेको र चिकित्सक सहितको टोलिले स्थानीय जनप्रतिनिधिको सहयोगमा आवस्यकता अनुसार बस्ती बस्तिमा पुगेर स्वास्थ परिक्षण गरिरहेको हेलम्बु गाउँपालिकाका स्वास्थ प्रमुख एवं ज्ञानेन्द्र सिग्देलले जानकारी दिए ।

No description available.

समाचार वर्गहरू