हेलम्बु मेलम्चीका बाढी पहिरो पीडितलाई नेपाली काङ्ग्रेसका नेताहरुको सहयोग

9

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची हेलम्बु क्षेत्रमा गत आषाढमा गएको बाढी पहिरोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यका साथ हेलम्बु मेलम्चीका बाढी पहिरो पीडितलाई नेपाली काङ्ग्रेसका नेताहरुले सहयोग गरेका छन् ।

बुधबार  नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, पुर्व गृहराज्य मन्त्री विष्णु विक्रम थापा ज्यु को संयोजकत्वमा मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङ्गमा रहेको डुडे फाँट बस्ती सेवा समितिलाई नानी बाबू देउजाको रोहबरमा रु.८०,०००/- , हेलम्बु गाउँपालिका वडा नं ४ लाई नेपाली काङ्ग्रेस ईकाई सभापति भरत कार्की र वडा अध्यक्ष राजकुमार लामिछानेको रोहबरमा रु. ८०,०००/-, मेलम्ची नगरपालिका वडा नं ११ मा रहेको कृष्ण प्रसाद दुलालको कृषि फार्ममा ठूलो मात्रामा क्षति पुगेकोले उक्त फार्ममा रु. ६०,५००/- हस्तान्तरण गरिएको छ ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सुचना, सन्चार तथा प्रचार विभाग सदस्य सागर श्रेष्ठ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश (ख) सभापति रामबाबु लुईटेल, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ ईकाई उपसभापति सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सदस्य नवराज भट्टराई, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का क्षेत्रीय सचीव दोय बासु अधिकारी र प्रकाश श्रेष्ठ, मेलम्ची नगरपालिका १२ नेपाली काङ्ग्रेस ईकाई सभापति घननाथ तिवारी, मेलम्ची नगरपालिका ११ नेपाली काङ्ग्रेस ईकाई सभापति गणेश दुलाल, पाँचपोखरी थाङपाल ८ नेपाली काङ्ग्रेस ईकाई सभापति आशिष खड्का, SUK NEPAL का निर्देशक राजकुमार भट्टराई, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सदस्य प्रकाश दाहाल, त्रिपाठी तिवारी प्रतिष्ठान केन्द्रिय सचिव हरिभक्त त्रिपाठी तिवारी, मेलम्ची पुननिर्माण सरोकार समिती संयोजक महावीर श्रेष्ठ, नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका विद्यार्थी नेता हेमन्त दंगाल लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी, पुर्व मन्त्री थापाको नेतृत्वमा यसअघि पनि बाढिपिडितहरुको राहतको लागि हेलम्बु गा पा मा रु. १,००,०००/- , मेलम्ची न पा मा रु. १,००,०००/- र मेलम्ची पुननिर्माण सरोकार समितीलाई रु. ८०,०००/- र पाँचपोखरी थाङपालका पीडितहरुको लागि रु. २५,०००/- हस्तान्तरण गरिएको थियो ।

समाचार वर्गहरू