(काठमाडौं) – संखुवासभाबाट शुक्रबार सेनाको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ पुर्याईएकी खाँदबारी ६ कि गंगा कार्कीको शुक्रवार राती करिव १० बजे मृत्यु भएको छ ।
खाँदबारी नगरपालीका वडा नं. ६ पांठाका सुत्केरी महिला गंगा कार्कीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अन्तत उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइएको थियोे । थापाथली प्रसुति गृह पुर्याईएकी उनको शनिबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
सुत्केरी ब्यथा लागेपछि गत चैत्र ४ गते खाँदबारी अस्पताल भर्ना भएकी उनलाई प्रसुतिमा समस्या भएपछि त्यहीँबाट बिराटनगर स्थित नोवेल हस्पीटलमा रिफर गरिएको गरिएको थियो । नोवेल हस्पिटलमा उनले स्टिल बर्थ अर्थात मृत शिसुलाइ जन्म दिएपछि उनको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको पारिवारिक श्रोतले जनाएको छ ।
प्रसव पिँडामा रहेका उनको स्वास्थ्य अवस्था थप गंभिर र जटिल बन्दै गएपछि उनलाई पुन संखुवासभाको सदरमुकाम स्थित खाँदबारी अस्पतालमा भर्ना गरिएको थियो ।
बेहोस अवस्थामा रहेको ६ हप्ताकी सुत्केरी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र खाँदबारी अस्पतालमा कार्यरत चिकित्सकको सक्रिय पहलमा उद्धार गरि उनलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको थियो। काठमाडौ पुग्ने बिइतिकै उनको बिधान भएको बताईएको छ।