काठमाडौं – सरकाले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न जाँझबुझ आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाँझबुझ आयोग बनाएको हो।
थापाको संयोजकत्वमा गठित तीन सदस्यीय आयोगमा विष्णु थापा र तनुजा पोखरेल रहेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगको समय काम सुरू गरेको मितिले एक महिना रहने बताए।
बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट अरुण मल्ला र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो।
मृत्यु हुने चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन्।