दाङ – होम आईसोलेसनमा बसेका दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१८ घर भई हाल घोराही बस्दै आएका संक्रमित ५३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जनाएको छ ।
ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखी उनी होम आईसोलेसनमा बस्दै आएका थिए ।
एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याईएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि थप उपचारका लागी नेपालगन्ज लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।