(धनगढी) – हिमालय ह्वाईट हाउस काठमाडौं र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको समूहको विजेता बनेका छन् । यसअघि नै क्वाटरफाईनल पुगिसकेका दुवै टोली आफ्नो समूहका दुवै खेल जित्दै समूह विजेता बनेका हुन् ।
क्वाटरफाईनल पुग्ने ७ टोली पक्का भईसकेको अवस्थामा शुक्रवार हुने अन्तिम खेलको नतिजाले आठौं टीमको टुंगो लगाउनेछ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा हिमालयनले वाईट हाउसले एबीसी स्कूल नेपालगञ्जलाई २० रनले हराएर समूह डी को विजेता बनेको छ ।
यसअघि ह्वाईट हाउसले सैनिक आवसिय महाविद्यालयलाई १० विकेटले हराएको थियो । समूह डी मा शुक्रबार हुने एबीसी स्कूल सैनिक आवसीय बीचको लिग चरणको अन्तिम खेलमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ ।
टस जितेर पहिले व्याटिंग गर्दै हिमालयन वाईट हाउसले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । ह्वाईट हाउसको पारीमा नारायण जोशीले ३८ रन राम सुरत यादवले २१ रन र विवेक बुढाथोकीले १७ रन बनाए । २६ रनमा ५ विकेट गुमाएर धर्मराएको पारीलाई उकास्ने क्रमा छैठौं विकेटका लागि नारायण र विवेकले ५७ रनको साझेदारी समेत गरेका थिए ।
एबीसी स्कूलका लागि तुलाराम थापा र सुनिल चौहानले दुई दुई विकेट लिए । एक सय २६ रनको विजय लक्ष्य पछ्याएको एवीसी स्कूल १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ५ नमा समेटियो । विराट भण्डारीले ३७ रन र मोहमद ईमरान हस्लाओले २५ रन बनाए । ह्वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । उनले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको शिर्षस्थानमा रहेका छन् ।
बिहीबारको पहिलो खेलमा पनि आरियो पौडेल नै म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए । दोस्रो खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समूह सी को विजेता बनेको छ । पहिले व्याटिंग गर्दै नोवेलले २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६२ रन बनायो ।
सो पारीमा किरन ठगुन्नाले ६० रनको अजिवित अर्धशतकीय पारी खेले । ४१ ब्लको सामना गरेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै गणेश विटालुले अजिवित ४६ रन बनाए । शारदाका लागि सोनु अन्सारीले २ विकेट लिए । एक सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो । सो पारीमा सोनु अन्सारीले २६ रन र लक्ष्मण कठायतले १८ रन बनाए । नोवेलका लागि महेश विष्ट र अनिल थापाले दुई दुई विकेट लिए । अविजित ६० रन बनाएका नोवेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको एक खेल बाँकी रहँदा क्वाटरफाईनल पुग्ने सात टोलीको टुंगो लागेको छ । समूह ए बाट लिटर फ्लावर विजेता र लिटिल बुद्ध उपविजेता भएर क्वाटरफाईनल पुग्दा समूह बी बाट शारदा विद्या निकेतन विजेता र भक्तपुर निष्ट स्कूल उपविजेता भएर अन्तिम आठमा पुगेका छन् । समूह सी मा नोवेल एकेडेमी विजेता शारदा मावि उपविजेता तथा समूह डी मा हिमालय वाईट हाउस विजेता बनेर क्वाटरफाईनल पुगेका छन् ।
प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन । लिग चरणको अन्तिम खेलमा एबीसी स्कूल नेपालगञ्ज र सैनिक आवासिय महाविद्यालयले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारदेखि नै क्वाटरफाईनलका खेल पनि सुरु हुनेछन ।