ह्वाट्सपमा नयाँ फिचर, सन्देशहरू सात दिनपछि गायब हुनेछ

16

काठमाडौं – अब तपाईहरुले ह्वाट्सएपमा चाँडै नै ‘डिस्अपियरिङ मेसेज’ को नयाँ विकल्प पाउनुहुनेछ । जसमार्फत् सन्देश पठाउने र सन्देशरु प्राप्त गर्नेबीच भएको च्याट सात दिनमा आफै गायब हुनेछ ।

अर्थात् यदि तपाईंले यो विकल्प इनेबल गर्नुहुन्छ भने सात दिन पुरानो मेसेज आफैं हट्नेछ । फेसबुकको स्वामित्व रहेको यो एपमा संसारभरीका दुई अर्ब प्रयोगकर्ता छन् । ह्वाट्सएपका अनुसार यो नयाँ सेटिंगले आफूले गरेका च्याटलाई प्राइभेट राख्न मद्दत मिल्नेछ ।

यद्यपि, फोटो वा भिडियोलाई सात दिनपछि पनि आफैंसँग राख्न चाहनेले पहिले नै यसको स्क्रिनसट लिएर राख्न सक्छन् वा त्यो फरवर्ड गर्न सक्छन् । यो नयाँ विशेषता यो वर्षको नोभेम्बरको अन्त्यसम्म देख्न सकिनेछ ।

एक ब्लगमा कम्पनीले भनेको छ, ‘मेसेज सात दिनमा एक्सपायर हुने विकल्पले तपाईंको कुराकानी परमानेन्ट छैन भनेर दिमागलाई शान्ति दिनेछ । साथै तपाई व्यवहारिक हुनुहुनेछ ताकि तपाईले च्याट गरिरहनु भएको बिर्सनु हुँदैन ।”

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०१९ अप्रिलमा प्रयोगकर्तालाई थप गोपनियता प्रदान गर्नका लागि सोसल नेटवर्कमा थुप्रै परिवर्तन ल्याउने प्रतिवद्धता जनाएका छन् । उनीद्वारा प्रस्तावित परिवर्तनको विकल्पमा सामग्री असाध्यै कम समयसम्म सोसल नेटवर्कमा रहनु थियो । डिस्अपेयरि मेसेज यही विकल्पको हिस्सा हो ।

कम्पनीले यसको मेसेजिंग प्लेटफार्म ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर एकीकृत गर्न कोशिस पनि गरिरहेको छ ताकि सामग्री यी कुनै पनि प्लेटफर्मबाट अर्कोमा साझा गर्न सकियोस् । त्यसपछि तपाईं आफ्नो ह्वाट्सएप मार्फत कसैलाई फेसबुक वा इन्स्टाग्राममा समेत सन्देश पठाउन सक्नु हुनेछ । ह्वाट्सएप प्रतिद्वन्दी मेसेजिंग एप स्न्याप च्याटमा ‘डिस्अपियरिङ मेसेज’को विकल्प पहिलेनै उपलब्ध थियो ।

समाचार वर्गहरू