काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४७ यताका नेताको सम्पत्ति छानबिनका लागि पहिले कानुनमा संशोधन आवश्यक रहेको बताएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालबाट एक भिडियो सार्वजनिक गर्दै थापाले आफूले भ्रष्टाचारको पाँचवर्षे हदम्यादका सम्बन्धमा संशोधन राखेको पनि बताएका छन् ।
कानुनहरू संशोधन गरेर आयोगमार्फत ०४७ सालपछिका कर्मचारीदेखि नेतासम्मको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
अर्कोतिर सहकारी ठगी प्रकरणमा पनि छानबिन गर्नुपर्ने उनको भनाइ छ । सहकारी ठगीमा नेतादेखि सरकारी निकायको पनि संलग्नता हुने सक्ने भएकाले सबै सहकारीको छानबिन गर्नुपर्ने थापाको भनाइ छ ।
महामन्त्री थापाले आफूहरू आयोग वा संसदीय समिति जे बनाए पनि छानबिनका लागि तयार रहेको बताएका छन् ।