१० लाख रुपैयाँ घूससहित प्राधिकरणका इञ्जिनियर पक्राउ

21

हेटौंडा – नेपाल विद्युत प्राधिकरणको हेटौंडा–भरतपुर–बर्दाघाट आयोजना प्रमुख इञ्जिनियर घूस रकमसहित पक्राउ परेका छन् ।

आयोजना प्रमुख इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई १० लाख रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

आयोजनाको काम गरेबापत ठेकेदार कम्पनीले सम्पूर्ण कागजात पूरा गरेर भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको भएपनि जैसवालले आफूलाई दश लाख रुपैयाँ चाहिने माग राखेको खुलेको आयोगका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

आयोगको टोलीले जैसवाललाई हेटौंडा उपमहानगरपालिका–१० स्थित मेगा होटलबाट पक्राउ गरेको हो ।

समाचार वर्गहरू