काठमाण्डौं – प्रधानमन्त्री केपि शर्मा ओलीले विभिन्न संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ती गरेका छन् । विगत लामो समयदेखी संवैधानिक अड्चनका कारण हुन नसकेका नियुक्तिहरु प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत कानुननै संशोधन गरेरै गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा उक्त नियुक्तिहरु भएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधान न्यायाधीश चोलेन्द्र समशेरजबरा समेतको सिफारिसमा प्रधानमन्त्रीले संबैधानिक परिषद बैठकमा तीन जनाको उपस्थितिबाट गरेका नियुक्तिहरु यसप्रकार छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग – प्रेमकुमार राई (प्रमुख आयुक्त) जयबहादुर चन्द (आयुक्त) किशोरकुमार सिलवाल (आयुक्त)
निर्वाचन आयोग – वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त) डाक्टर जानकी तुलाधर (आयुक्त)
राष्ट्रिय मानव अधिकार आयोग – तपबहादुर मगर (अध्यक्ष) मनोज दवाडी (सदस्य) डा.सूर्य ढुङ्गेल (सदस्य) लिली बस्नेत थापा (सदस्य)मिन ठाकुर (सदस्य)
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग – जुद्ध गुरुङ (सदस्य) अमरराज मिश्र (सदस्य)
महिला आयोग – कमलाकुमारी पराजुली (अध्यक्ष) कृष्णकुमारी पौडेल खतिवडा (सदस्य) विद्याकुमारी सुनार (सदस्य)
दलित आयोग – देवराज बिक (अध्यक्ष) मिना शोब (सदस्य) परशुराम रम्तेल (सदस्य) कुञ्ज बराइली (सदस्य) मेहेने पार्थी (सदस्य)
समावेशी आयोग – मानप्रसाद खत्री (अध्यक्ष) रामकृष्ण तिमिल्सिना (सदस्य) हरिदत्त जोशी (सदस्य)
आदिवासी जनजाति आयोग – रामबहादुर थापा (अध्यक्ष) मिनश्रीस मगर (सदस्य) मिनचुङ लामा (सदस्य) रिमा राना (सदस्य) शरण राई (सदस्य)
मधेशी आयोग – जीवत्व साह (सदस्य) रेणुदेवी साह (सदस्य) विजय गुप्ता (सदस्य)
थारु आयोग – विकास चौधरी (सदस्य) बबिता चौधरी(सदस्य) सुबोध सिंह (सदस्य) भोलाराम चौधरी (सदस्य)
मुस्लिम आयोग – मोहम्मदिन अलि (सदस्य) मिर्जा अरसद बेग (सदस्य)