काठमाडौं – सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरीका झण्डै एक दर्जन डीआईजीहरुको सरुवा गरेको हो ।
गृहको हिजोको निर्णयाअनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३३ र ३५ को उपनियम १ (ख) बमोजिम डीआईजीको सरुवा र पदस्थापना गरिएको सशस्त्र प्रहरी अतिरक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार चार जना डीआईजीको पदस्थापना पनि गरिएको छ ।