१३ औं सागको अन्तिम दिन ५ खेल हुँदै

49

(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज बक्सिङ, जुडो, बास्केटबल, फुटबल र स्क्वासका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । बिहान नौ बजेबाट सुरु हुने बक्सिङमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

बास्केटबलमा २ स्वर्णको छिनोफानो हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल दिउँसो १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।

२ स्वर्ण पदकका लागि हुने स्क्वासको महिला र पुरुष दुबैको फाईनलमा भारत र पाकिस्तान भिड्ने छन् । आज जुडो र फुटबलमा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल दिउँसो ३ बजे हुनेछ ।

पदक तालिकामा नवौं दिनसम्म भारतले १६६ स्वर्ण सहित अग्रता बनाएको छ । ४९ स्वर्ण सहित नेपालले दोस्रो स्थानमा छ । यस्तै ३९ स्वर्ण पदक सहित श्रीलंका पदक तालिकाको तेस्रो स्थानमा छ ।

समाचार वर्गहरू