१५ किलो नक्कली चाँदी सहित एक पक्राउ

15

काठमाडौं –  नक्कली चाँदी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १५ किलो नक्कली चाँदी सहित धादिङ घर भइ ललितपुरको महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको हो ।

सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको डीएसपी लम्सालले बताए ।

समाचार वर्गहरू