काठमाडौं – जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा बाराको मालपोत कार्यालयका एक कर्मचारीसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला मालपोत कार्यालय बाराका खरिदार रामविश्वास साह र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा १५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकमसहित उनीहरूलाई कार्यालय परिसरनजिकैको पसलबाट नियन्त्रणमा लिएको हो।
जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीबाट घुस मागेको सूचनापछि टोलीले रंगेहात पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ।
घुस रकमसहित पक्राउ परेका दुवैलाई आइतबार हेटौंडा स्थित कार्यालयमा राखेर सोमबार काठमाडौंस्थित आयोगमा बुझाइने सापकोटाले जानकारी दिए।