१६ वर्षअघि दुर्घटनाम पाइलट श्रीमान गुमाएकी को-पाइलट अञ्जुको दुर्घटनामै गयो ज्यान

24

काठमाडौं – पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। दुर्घटनामा परेको विमानमा पाइलट कमल केसी, को-पाइलट अञ्जु खतिवडा,परिचालिका सृजना होंगचुन र ओसिन आलेमगर रहेका थिए।

को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यती एयरलाइन्समै कार्यरत को-पाइलट नै थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा उनको निधन भएको थियो।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना कोपाइलट पोखरेलको निधन भएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्।

अञ्जु २०३४ सालमा मोरङको विराटनगर (हालको वडा नं.५)मा जन्मिएकी अञ्जुले विमान दुर्घटनामा श्रीमान् दीपकको मृत्यु भएको सात वर्षपछि दोस्रो विवाह गरेको विराटनगर-५ का वडाध्यक्ष सन्तोष न्यौपाने बताउँछन् ।

पहिलो श्रीमानतर्फ मञ्जुको २१ वर्षीया छोरी हाल क्यानडा बस्छिन्। दोस्रो श्रीमानबाट एक छोरा छन्। दोस्रो विवाहपछि उनी काठमाडौँ बस्दै आएकी थिइन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू