१७ अस्पतालमा लागु भयो स्वास्थ्यमन्त्री पौडेलको ९ बुँदे निर्देशन

59

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको ९ बुँदे निर्देशनलाई कार्यान्वयन गरिएको दाबीसहित अस्पतालहरूले विवरण मन्त्रालय पठाएका छन् ।

मन्त्रालयलाई आफ्नो सेवा सहज बनाउनका लागि विभिन्न सुधारका उपाय गरेर विवरण पठाउने अस्पतालमा काठमाडौंका वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह लगायत सबै संघीय अस्पतालदेखि धरानको वीपी कोइराला, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, भरतपुरको भरतुपर अस्पताल, बाँकेको भेरी अस्पताल लगायतका छन् ।

संघीय अस्पतालहरुको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि साउन ३ गते देशभरका संघीय अस्पताल तथा प्रतिष्ठानहरूका प्रमुखहरूसँग गरेको संयुक्त बैठकपछि मन्त्री पौडेलले ९ बुँदे निर्देशन दिएका थिए ।

मन्त्री पौडेलले साउन ४ गते सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई दिएको निर्देशन अनुसार १७ वटा अस्पतालले सेवालाई प्रभावकारी र सहज बनाउनका लागि विभिन्न उपायहरू अवलम्बन गरेको जानकारी मन्त्रालयलाई गराएका हुन् ।

स्वास्थ्य मन्त्री पौडेलले आम नागरिकले स्वास्थ्य सेवा लिन जाँदा भोग्नु परेको समस्यालाई सम्बोधन गर्न प्राथमिकता दिएर अगाडि बढेको बताए । ‘सरकारी अस्पतालमा सेवा लिन अप्ठेरो र झन्झटिलो छ भन्ने मन्त्रीको जिम्मेवारी लिनु अघि नै थाहा भएको कुरा हो । सानो कुराको समाधानले धेरैलाई सहज हुन्छ भनेर यसलाई अगाडि बढाइएको हो ।’

मन्त्रालयमा १७ वटा अस्पतालहरुले पठाएको विवरण अनुसार कुन अस्पतालमा के-के सुधारका काम अगाडि बढे ?

समाचार वर्गहरू