१ सय १३ देशमा हालसम्म राष्ट्र प्रमुख भएनन् महिला

44

काठमाडौं – एक अध्ययन प्रतिवेदनले विश्वभरका एक सय १३ देशमा हालसम्म कुनैपनि महिलाले राज्य प्रमुख वा सरकार प्रमुखको रूपमा काम गर्न नपाएको देखाएको छ।

महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्याङ्क २०२४ अनुसार हालसम्म २६ देशमा मात्र महिलाले राष्ट्र प्रमुख वा राज्य प्रमुखको रुपमा काम गरेका छन्।

सोमवार प्रकाशित उक्त प्रतिवेदन अनुसार विभिन्न प्रगतिका बावजुद महिलाहरू अझै पनि सत्ता र कूटनीतिक पदबाट ‘धेरै हदसम्म बहिष्कृत’ रहेको र प्रभाव तथा निर्णय लिने उच्चतम स्तरमा पुरुषहरूको कब्जा रहेको पाइएको छ।

युएन वुमनले जारी गरेको प्रेस विज्ञप्तिमा विश्वव्यापी रूपमा निर्णय प्रक्रियामा महिलाहरूको कम प्रतिनिधित्व ‘कठोर वास्तविकता’ बनेको उल्लेख गरिएको छ।

सन् २०२४ जनवरी १ सम्म मन्त्री पदहरूमा २३ प्रतिशत मात्र महिला रहेका छन् र एक सय ४१ देशमा क्याबिनेट मन्त्रीहरूमा एक तिहाइभन्दा कम महिला रहेको पनि प्रतिवेदनमा उल्लेख छ। सात देशको मन्त्रिपरिषद्मा कुनै पनि महिलाको प्रतिनिधित्व नै नरहेको पनि प्रतिवेदनमा भनिएको छ।

कूटनीति र वैदेशिक मामिलामा पुरुषको प्रभुत्व राष्ट्रसङ्घका स्थायी नियोगहरूमा पनि फैलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘महिला अधिकारलाई अगाडि बढाउनका लागि विश्वको सबैभन्दा प्रगतिशील खाका, बेइजिङ घोषणापत्र र कार्यका लागि प्लेटफर्म पारित भएको ३० वर्ष पूरा भएको हामीले तयारी गरिरहेका छौँ। युएन वुमनले महिलाहरूको नेतृत्व गर्न र सकरात्मक परिवर्तनलाई अगाडि बढाउने कामलाई सुनिश्चित गर्न निरन्तर काम गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

सन् १९९५ मा बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणा र कार्यका लागि मञ्च अपनाएको थियो। रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू