२० हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

8

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका सहायक हवल्दारलाई २० हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प, विष्णुपुरका सहायक हवल्दार नगेन्द्र सेनलाई अख्तियारको बुटवल कार्यालयको टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट रंगेहात पक्राउ गरेको हो।

ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले सेनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू