२८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

4

काठमाडौं – नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार साँझबाट सञ्चालनमा आएको छ । पहिरो खसेसँगै ठप्प भएको सडक पहिरो पन्छाउने काम सकिएसँगै २८ घण्टापछि सञ्चालनमा आएको हो ।

शुक्रबार बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताए ।

सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । बेला–बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनले बताए ।

सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू