२८ बर्षपछी कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल

7

काठमाडौं – यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ। नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो।

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे।रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई डि मारियाले डिबक्सभित्र नियन्त्रणमा लिँदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएका थिए ।

सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात पारेयता अर्जेन्टिनाले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । त्यसयता उसले ४ कोपा अमेरिका र १ फिफा विश्वकप फाइनल खेले पनि उपाधि हात पार्न भने सकेको थिएन ।

ऊ सन् २००४ र २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिली र सन् २०१४ को फिफा विश्वकपमा जर्मनीसँग पराजित भएको थियो ।

उपाधि जितसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका जित्ने उरुग्वेसँगको कीर्तिमान पनि बराबरी गरेको छ । दुवै टोलीले समान १५-१५ कोपा अमेरिका उपाधि हात पारेका छन् ।

समाचार वर्गहरू