राधा ढुंगाना/काठमाडौ – पछिल्लो एक हप्तादेखि ओरालो लागेको प्याजको मुल्य ३० प्रतिशतले घटेको छ । गएको कात्तिक महिनाको अन्तिमबाट नेपाल भित्रिने प्याज आयातमा भारतले रोक लगाएपछि प्याजको मुल्य आकासिएको थियो ।
खुल्ला रुपमा आयात नभएपनि पछिल्लो समय भारतबाट पनि छिटपुट प्याज आउन थालेको र केरुङ्ग नाकाबाट चाईनिज प्याजको आयत बढेसँगै मुल्यमा क्रमिक रुपमा गिरावट आएको हो ।
आज कालीमाटी तरकारी बजारमा प्याजको मुल्य प्रति केजी सय रुपैयामा झरेको छ । यो मुल्य चाईनिज प्याजको हो । यस्तै, ईन्डीयन प्याजको मुल्य भने १ सय ५० रुपैयामा झरेको कालीमाटी तरकारी बजार व्यवस्थापन समितिका सदस्य राजन न्यौपानेले बताए । उनले भने, “अब भारतमा नयाँ प्याज उत्पादन सुरु भएपछि भन्सार खुल्ला हुन्छ र नेपालमा आयात सुरु हुन्छ ।” प्याजसँगै कालीमाटी तरकारी बजारमा तरकारीको मुल्यमा समेत गिरावट आएको छ ।