३ एसपीको काज सरुवा

23

(काठमाडाैं) – प्रहरी प्रधान कार्यालयले ३ जना उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ । एसपी जनार्दन जीसीलाई कर्मचारी प्रशासन शाखामा सरुवा गरेको छ ।

हेडक्वाटर स्रोतका अनुसार एसपी भूपेन्द्र खत्रीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएको हो । उनी आईजीपी ठाकुर ज्ञवालीका विश्वासीला अफिसर हुन् ।

कर्मचारी प्रशासनका एसपी चन्द्र कुवेर खापुङलाई विशेष व्यूरोमा लगिएको छ । एसपी खत्री तीनै अफिसर हुन जसले कांग्रेसका सांसद अफ्ताव आलमलाई रौतहटबाट पक्राउ गरेका थिए ।

समाचार वर्गहरू