४०० मिटर चौडा खोलामा २०५ मिटरको पुल

90

काठमाडौं – झापाको गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीलाई जोड्ने रतुवा खोलाको आधा भागमा पक्की पुल बनाइएको छ ।

४ सय मिटरभन्दा बढी चौडाइ रहेको खोलामा १७ वर्षअघि पुल बनाउन सरकारले २ सय ५ मिटर मात्र लामो पुलकोलागी ठेक्का लगाएको थियो । खोलाबीचमा अलपत्र त्यो संरचनामा थप ७० मिटर थप्न दुई वर्षअघि अर्को ठेक्का लगाइए पनि त्यो काम अझै अधुरै छ ।

पुल बनाउन थालिएको १७ वर्षसम्म पनि पूरा नहुँदा बर्खाका ६ महिना डुंगाबाटै नदी वारपार गर्नुपर्ने बाध्यता छ । अझ १ सय २५ मिटर पुल कहिले बन्ने हो, टुंगो छैन ।

मोरङ–सुनसरी पुल आयोजनाले २०६४/६५ मा १० करोड ३२ लाख ९१ हजारमा काठमाडौंको कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको २ सय ५ मिटरको पुल छोटो भएकाले खोलाको बीचमै छ ।

समाचार वर्गहरू