४ हजार ३ सय ६९ मत गणना हुँदा ऋषि धमलालाई ६ मत

10

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा ऋषि धमलाको प्रदर्शन निकै कमजोर देखिएको छ। हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले जम्मा ६ मत मात्र प्राप्त गरेका छन् । प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन् ।

अन्य उम्मेदवारको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा शुरु भएको छ । बिहान ७ बजेर ५५ मीनेटसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा विभिन्न चुनाव चिह्नअनुसार मत परिणाम यस्तो रहेको छ ।

घण्टी चुनाव चिह्नले १ हजार १०८ मत प्राप्त गर्दै अग्रता बनाएको छ भने रुख चिह्नले ५४६ मत प्राप्त गरेको छ । त्यसैगरी तारा चिह्नले ३०७ मत पाएको छ भने सूर्य चिह्नले ६९ मत पाएको छ । अन्य उम्मेदवारमध्ये छाता चिह्नले १२ मत,हर्न चिह्नले १५ मत र माटो चिह्नले १ मत प्राप्त गरेका छन् ।

मोबाइल चिह्नबाट चुनाव लडेका ऋषि धमलाले भने हालसम्म जम्मा ६ मत मात्रै पाएका छन् । यस अवधिमा १ सय १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालयको मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ । बाँकी केन्द्रको मतगणना क्रमशः जारी रहेको छ । निर्वाचन अधिकृतका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ भने थप नतिजा आउने क्रम जारी रहने बताइएको छ ।

समाचार वर्गहरू