५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट एक पक्राउ

58

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट ५० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–२ स्थायी घर भएका २० वर्षीय बद्रि हाङ राईलाई रहेका छन् । श्री एयरलाईन्सको उडानबाट भद्रपुर झापा जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एक्सरे चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

एक्सरे चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र पत्रिकाले र्‍यापिङ गरेको अवस्थामा उक्त राउण्ड गोली फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गौचरले जनाएको छ ।

समाचार वर्गहरू