५ बोरा गाँजा सहित उदयपुरबाट २ पक्राउ

15

(उदयपुर) – लागू औषध गाँजा सहित उदयपुरबाट दुई जना पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिक २ ताप्लीबाट ५ बोरा गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प

क्राउ पर्नेमा सिराहको धनगढी नगरपालिकाका ४५ वर्षीय कन्सलाल तामाङ, ३५ वर्षीय मोहनबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यलय रामपुरझिल्केले जनाएको छ ।

स १ च १७६६ नम्बरको जिपमा राखेर सिराह तर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाण बराबरको गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गाडी चालक, सहचालक र अर्का एक सहयोगी भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यलय कटारी पठाइने प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू