६३ पेज लामो नीति तथा कार्यक्रममा दलितको मुद्दा किन अटाएन ?- सांसद परियार

48

(काठमाडौं) – नेपाली कांग्रेस कि केन्द्रीय सदस्य एवं संघीय संसद सुजाता परियारले बिदेशमा अलपत्र नेपालीलाई यथाशीघ्र नेपाल ल्याउनुपर्ने बताएकी छिन । संघीय संसदमा बोल्दै नेतृ परियारले परदेशमा अलपत्र परेका नेपाली स्वदेश ल्याउने बिषयमा सरकार उदासिन भएको आरोप लगाएकी छिन ।

यस्तै सरकारको निति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद परियारले ६३ पेज लामो निति तथा कार्यक्रम आउँदा दलितको मुद्दा किन अटाएन भन्दै प्रधानमन्त्री लाई प्रश्न गरिन । यस्तै कोरोना नियन्त्रणमा सरकार उदासीन बनेको बताएकी छन् । यसको परीक्षण र उपचार सहज बनाउन उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

कोरोना को कारण मुलुक आक्रान्त भै रहँदा सरकारको ध्यान चाहिँ सत्ताको खेलमा पुगेको तर्फ लक्ष्यित गर्दै सांसद परियारले नेपालीको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

समाचार वर्गहरू