६४ वर्षपछि छापियो नेपालमै हुलाक टिकट

6

काठमाडौं – ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालिएको छ। हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकटको छपाइ प्रक्रिया अघि बढाएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर उद्घाटन गरिन्। ०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको विभागले जनाएको छ ।

विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको छ। नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रकियामा सहज हुने विश्वास विभागको छ।

आगामी दिनमा स्वदेशमा टिकट नेपालमै छाप्न सकिने विभागको भनाइ छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बन्ने र आम्दानी पनि हुने विभाग बताउँछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू