काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले एक चिनियाँ नागरिकलाई काठमाडौंको कपनबाट ६ किलो सुनसहित पक्राउ गरेको छ।
पक्राउ परेका नागरिकको पहिचान खुलाइएको छैन। सुनको परीक्षण हुन बाँकी रहेको र ती नागरिकबाट अन्य तथ्य पनि खुल्न बाँकी रहेकाले पहिचान गोप्य राखिएको सिआइबीले जनाएको छ।
सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा चिनिया नागरिकसम्म सिआइबी पुग्न सफल भएको हो।
गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६० केजी सात सय ग्राम सुन बरामद गर्दा सिआइबीले कुशलतापूर्वक अनुसन्धान गरेको थियो।