६ वर्षपछि जेलबाट छुटे रेशम चौधरी

20

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी ६ बर्षको जेल जीवनबाट मुक्त भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका एक कार्यकर्ताको गाडीमा चढेर जेलबाट बाहिरिएका छन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।

उनी त्यहाँबाट सिधै मन्त्री क्वाटर पुल्चोक लागेको उक्त पार्टीका कार्यकर्ताले बताएका छन्। चौधरीपत्नी एवं नागरिक उन्मुक्ति पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी वर्तमान सरकारमा मन्त्री छन्।

चौधरीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन्। जन्मकैद सजाय पाएका उनले ५ वर्ष तीन महिना जेल सजाय काटेका छन्। उनलाई  १४ वर्ष ९ महिना जेल सजाय छुट गरिएको हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू