काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ ।
अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले जानकारी दिए ।
जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन वैद्य जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन् ।
प्यूठानबाट वैद्य परिवार दाङमा बसोबास गर्दै आएका थिए ।