(काठमाडौं) – घूस रकम सहित सर्लाहीका एक जना इन्स्पेक्टर पक्राउ परेका छन् । सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट नेपाल प्रहरीका इन्स्पेक्टरलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग ९० हजार रुपैयाँ घूस बाफतको रकम लिईसकेको अवस्थामा आयोगको बर्दिबास कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर रामकिशोर साहलाई शुक्रबार पक्राउ गरेको हो । ठगी मुद्दा मिलाइ दिन्छु भनी उनले सेवाग्राहीसँग घूस लिएको दाबी आयोगको दाबी छ ।
घूस रकम लिइसकेको अवस्थामा उक्त रकम सहित धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ८ स्थित होटल सीता प्यालेसबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।