काठमाडौं – काठमाडौं महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नाम भएका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।
महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म नाम प्रस्ताव गरेका छन् ।
यस्तै, दक्षता स्कूल, वितारा बालग्राम, मेघाश्री विद्यालय नाम कायम गरिदिन पनि निवेदन मार्फत आग्रह गरिएको छ ।
महानगरमा प्राप्त शैक्षिक स.स्थानको नाम र स्थान परिवर्तनकासम्बन्धमा पनि कुनै व्यक्ति वा संघसंस्थाका दाबी विरोध भएमा प्रमाणसहित ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि आग्रह गरिएको छ ।