अनुसन्धानको दायरामा बिचौलिया दीपक भट्ट तानिएपछि हिमालयन रि इन्स्योरेन्सकी सिइओ उपासना पौडेल फरार

4

हिमालयन रि इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेलले देश छाडेकी छन् । विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेपछि उनी भारत गएकी हुन्। अनुसन्धानको दायरामा भट्टसँगै धेरैजना तानिने देखिएको र तत्कालका लागि कम्पनीबाट बिदा लिएर उनी भारत गएको स्रोतले बतायो । उनी डेढ साताको बिदामा बैंगलोर गएकी हुन् ।

जेनजी आन्दोलनमा विध्वशंकारीले तोडफोड तथा आगजनी गरेको हिल्टन होटलको बीमा दावी भुक्तानी प्रकरणमा बीमा प्राधिकरणले २ लाख जरिवानासहित कारबाही गरेपछि उनी पीडामा थिइन् । चैत ६ गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सिइओ पौडेललाई पनि कारबाही गरेको थियोे । प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सलाई कारबाही गर्नुका साथै एलियन्ट पुनर्बिमा ब्रोकरको तीन महिनाका लागि लाइसेन्स निलम्बन गरेको छ ।

हिमालयन रि इन्स्योरेन्स,हिमालयन लाइफ इन्स्योरेन्समा भट्टको सेयर छ । यस्तै एलियन्ट पुनर्बिमा ब्रोकरमा पनि भट्टकै लगानी देखिन्छ । प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बीमा र पुनर्बीमाको दायित्वमा निर्देशन र नियमविपरीतको कार्य गरेको भन्दै हिमालयन रिलाई कारबाही गरेको हो । जेनजी आन्दोलनमा तोडफोड तथा आगलागी भएपछि बीमाको दाबी भुक्तानीमा चलखेल गरेको, सरकारी स्वामित्वको नेपाल रिमा दायित्व बोकाएर हिमालय रिलाई फाइदा हुने काम गरेको प्राधिकरणको आरोप छ ।

पाल रिमा दायित्व बोकाएर हिमालय रिलाई फाइदा हुने काम गरेको प्राधिकरणको आरोप छ ।

प्राधिकरण स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले लिनुपर्ने दायित्व नेपाल रिइन्स्योरेन्समा सारेको विषयमा प्राधिकरणले छानबिन गरेको थियो । जसमा हिल्टन होटलको बीमा वापतको पुनर्बीमाका लागि लाग्ने शुल्क हिमालयन रिलाई बुझाएको देखियो । हिल्टन होटलमा भएको करिब ४ अर्ब रुपैयाँको क्षतिमा हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड, नेपाल रिइन्स्योरेन्सले ७५ करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब रुपैयाँ भुक्तानी गर्न प्रक्रिया अघि बढाइएको थियो ।

तर पछिको माग दाबी नेपाल रिमा परेकाले कारबाही गरिएको स्रोतको दाबी छ । नियोजित रुपमा सरकारी कम्पनी डुबाउन खोजेपछि नेपाल रिइन्स्योरेन्सका सीईओ तथा अध्यक्षको नियतमा समस्या देखिएको हो । नेपाल रि सरकारी कम्पनी भएपनि त्यहाँका सञ्चालक, उच्च व्यवस्थापन सबै भट्टको छत्रछायाँमा देखिन्छन् । यता हिमालयन रि बाट अध्यक्ष शेखर गोल्छाले राजीनामा दिइसकेका छन् ।

यसबीच हिमालयन रिका आधारभूत सेयरधनी तथा बिचौलिया भट्टले आफ्नो नाममा हिमालयन रि को सेयर दोस्रो बजारबाट किन्न हिमालयन रि इन्स्योरेन्स कम्पनीको चेकबाट करोडौ भुक्तानी गरेको विषय पनि बाहिरिएको छ । यो भुक्तानीमा भट्टलाई सीईओ पौडेलले सघाएको आशंका रहेको छ भन्दै जनआस्थाले समाचार प्रकाशन गरेको छ ।

समाचार वर्गहरू