अन्तत: सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

16

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गत साउन ३ गते नियन्त्रणमा लिइएको करिब एक सय किलो सुन तस्करीको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई गर्न निर्देशन दिएका छन् ।

सुन तस्करी प्रकरणलाई जरैदेखि अनुसन्धान गर्नका लागि प्रधानमन्त्री दाहालले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएका हुन् ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले प्रधानमन्त्रीबाट अनुसन्धानका लागि निर्देशन पाइसकेको भन्दै अनुसन्धान विभागबाट फाइल आउनासाथ अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘हामीलाई प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभयो राजश्व अनुसन्धानबाट फाइल आउन बित्तिकै अनुसन्धान शुरु हुन्छ ।’

प्रधानमन्त्री दाहालले राजश्व अनुसन्धान विभागबाटै अनुसन्धान होस् भन्ने चाहेपनी बिहीबार बेलुकी सीआईबीलाई जिम्मा दिनका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेपछि वाध्य भएर सीआईबीलाई जिम्मा दिन तयार भएका हुन् ।

बिहीबार बेलुकी भनाभन भएपछि नारायणकाजी मन्त्रालय नगई बाहिरिएका थिए । बालुवाटार स्रोतका अनुसार आफ्नै पार्टीको गृहमन्त्री चिँढिदा सन्देश नराम्रो जाने देखेर दाहालले यसको जिम्मा सीआईबीलाई दिएका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू