अन्तर्घातले २१ ठाउँ चुनाव हारिएको कांग्रेसको निष्कर्ष

79
तस्बिरः रासस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको प्रारम्भिक निचोड निकालेको छ । घात अन्तर्घातका कारण हारिएका क्षेत्र २१ सीट रहेको प्रवक्ता देवराज चालिसेले बताए ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबीच सञ्चारकर्मीसँग कुरा उनले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारण देखिएको बताए ।

५ भोटदेखि ३ हजार मतान्तर हारिएको ठाउँ २१ क्षेत्र रहेको उनको भनाइ छ । ३ देखि ५ हजार मतान्तर रहेको क्षेत्रमा पनि अन्तर्घातसँगै चुनावी क्याम्पियन चलाउने प्रक्रियामा त्रुटि भए कि भन्ने प्रारम्भिक निचोड रहेको चालिसेले बताएका छन् ।

त्यस्तै, ५-१० हजारदेखि ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक कारण, अभियान र न्यारेटिभ कारक देखिएको कांग्रेसको विश्लेषण छ ।

क्रियाशील सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर पार्टीले विश्लेषण गर्ने उनको भनाइ छ ।

चालिसेले भने, ‘साढे ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एउटा घरमा ४ लाख सदस्यको हिसाब गर्दा पनि किन १७ लाखमात्र मत आयो ?’

समाचार वर्गहरू