अफगानिस्तानमा भएको हिंसात्मक झडपमा १९ जनाको मृत्यु

38

काबुल – अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए । युनिभर्सिटी परिसरमा ईरानी बुक फेयरको उद्घाटन हुने वाला थियो ।

बीबीसीका अनुसार सुरक्षाकर्मीले क्याम्पस घेराउ गरेर आक्रमणकारीको फायरिङको जवाफ दिएको थियो । सुरक्षाकर्मीको जवाफी कारबाहीमा तीनै आक्रमणकारी मारिएका छन् ।

समाचार वर्गहरू