काठमाडौं। इस्लामाबादमा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौतामा नपुगी समाप्त भएको छ। इरानी राज्यसम्बद्ध तस्नीम समाचार एजेन्सीले अमेरिकी मागहरूका कारण “साझा ढाँचा र सम्झौता” बन्न नसकेको आरोप लगाएको छ। तस्नीमका अनुसार आइतबार इस्लामाबादबाट रिपोर्ट गर्दै एक संवाददाताले भने, “इरानी र अमेरिकी टोलीबीचको वार्ता केही मिनेटअघि समाप्त भएको छ, र अमेरिकी पक्षको अति हस्तक्षेप र महत्वाकांक्षाका कारण अहिलेसम्म दुवै पक्ष कुनै सम्झौतामा पुग्न सकेका छैनन्।”
तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी वार्ताकारहरूले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताएका छन्। उनका अनुसार ती सर्तहरू “धेरै लचिलो” थिए र तेहरानले परमाणु हतियार त्याग्ने प्रतिबद्धता जनाएको थिएन। दुवै पक्षले एक–अर्कालाई दोष लगाउँदै वार्ता असफल भएको पुष्टि गरेका छन्। काठमाडौं। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानसँग चलिरहेको ऐतिहासिक शान्ति वार्ताका विषयमा एक प्रेस सम्मेलन गरेका छन्। उनले अमेरिका आफ्नो धारणा स्पष्ट रूपमा राखिसकेको भए पनि इरान “हाम्रा सर्तहरूमा सहमत नभएको” बताएका छन्।
उनले भने, “हामी त्यस्तो अवस्थामा पुग्न सकेनौं, जहाँ इरानीहरूले हाम्रा सर्तहरू स्वीकार गर्थे।” अमेरिकी उपराष्ट्रपतिले अमेरिका र इरानबीच २१ घण्टादेखि वार्ता चलिरहेको भए पनि “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेका छैनौं” भने।
यसका साथै उनले पाकिस्तानी प्रधानमन्त्री र फील्ड मार्शल आसिम मुनीरप्रति आभार व्यक्त गर्दै भने, “यदि वार्तामा कुनै कमी रह्यो भने त्यो पाकिस्तानीहरूको कारणले होइन। उनीहरूले उत्कृष्ट काम गरेका छन्।” उनले यो पनि बताए कि अमेरिका वार्ताका लागि लचकता र “सद्भावना”का साथ आएको थियो, तर दुर्भाग्यवश दुवै पक्ष कुनै सम्झौतामा पुग्न सकेनन्। उनले भने, “हामी यहाँबाट एक धेरै सामान्य प्रस्ताव लिएर जाँदैछौं, यो बुझाइका साथ कि यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो। अब हेर्न बाँकी छ कि इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन।”