काठमाडौँ । इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको विरोधमा अमेरिकामा प्रदर्शन भएको छ। इजरायल र अमेरिकाले शनिबार संयुक्तरुपमा हवाइ आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई लगायतको हत्या गरेपछि न्युयोर्क लगायतका सहरमा विरोध प्रदर्शन भएको हो।
विभिन्न अधिकारवादी समूहले एटलान्टा, बाल्टिमोर, बोस्टन, शिकागो, सिन्सिनाटी, डेनभर, लस भेगास, लस एन्जलस, मियामी र मिनियापोलिस लगायतका सहरहरूमा प्रदर्शन गरेका हुन्। त्यस्तै एल्बानी, एलिन्सबर्ग, भर्जिनिया, गेन्सभिल, फ्लोरिडा मिजौरी जस्ता सहरमा पनि प्रदर्शनको तयारी भएको छ।
उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्ले इरानमा गरेको आक्रमण युद्धको कार्य भएको र यसले अकल्पनीय विनाश निम्त्याउने भन्दै चेतावनी दिएका छन्। अमेरिकन सिभिल लिबर्टिज युनियनले डेमोक्रेटिक सांसदहरूसँग मिलेर ट्रम्पद्वारा इरानविरुद्ध गरिएको सैन्य बल प्रयोग अन्त्य गर्न कंग्रेसले तत्काल कदम चाल्नुपर्ने माग गरेको छ।