अमेरिकी कारबाहीमा इरानका एक वरिष्ठ कमाण्डरको मृत्यु

36

एजेन्सी – अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक बरिष्ठ कमाण्डर मारिएका छन् । अमेरिकी सेनाको कारबाहीका क्रममा कुर्दस फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीका क्रममा क्वासिमको मृत्यु भएको हो,” पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानीसहित इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको जनाइएको छ । अमेरिकाको दाबीलाई इरानले समेत पुष्टि गरिसकेको छ ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू