काठमाडौं – पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाएकी हुन्। श्रेष्ठले यो निर्णय कसको हो, निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? भन्दै प्रश्न गरेकी छन्। उनले भनिन्, ‘यो निर्णय साँच्चै कसको हो- निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? पारस्परिक सम्बन्धमा के छ?’
यस्तो छ उनको स्टाटस –
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर”।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?