अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा २ पक्राउ

17

(काठमाडौं) – अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका-४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन् ।

उनीहरुको साथबाट अवैध रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डी गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू