लहान – ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहाबाट एकजना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भगवानपुर गाउँपालिका ४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहा गोलबजार नगरपालिका ४ का ३४ वर्षीय मनोज राय पक्राउ परेका हुन् ।
उनको साथबाट हातमा लगाउने सुनको बाला दुई, मंगलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।