आन्दोलन र चुनाव दुवैका लागि तयार रहन नेता तथा कार्यकर्तालाई एमालेको निर्देशन

5

काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आफ्ना नेता(कार्यकर्ताहरूलाई आन्दोलन र निर्वाचन दुवै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएको छ। अध्यक्ष केपी ओलीद्वारा जारी आन्तरिक सर्कुलर ९अपानी० मार्फत एमालेले भदौ २३ र २४ गतेका घटनापछि पार्टी र नेतृत्वमाथि चौतर्फी प्रहार र घेराबन्दी भएको र ती चुनौतीहरूलाई चिर्दै अघि बढ्ने संकल्प गरेको छ।

एमालेले आफ्नो पहलकदमीकै कारण मुलुकमा लोकतान्त्रिक परिवेश फराकिलो बन्दै गएको दाबी गरेको छ । प्रमुख दलका शीर्ष नेताहरूको अनुहार नै हेर्न नचाहने प्रधानमन्त्रीलाई समेत औपचारिक छलफलमा बस्न बाध्य पारिएको अपानीमा उल्लेख छ । अध्यक्षमाथि प्रतिशोधपूर्ण हत्याका अभियोग लाउने षडयन्त्रबाट सरकार पछि हट्न बाध्य भएको अपानीमा उल्लेख छ ।

लोकतान्त्रिक शक्तिहरू सक्रिय हुन थालेपछि भदौ २३(२४ का विध्वंस पक्षधर एक ठाउँमा उभिन बाध्य भएको एमालेको विश्लेषण छ । चुनावबाट भदौ २३ र २४ गतेको विध्वंसलाई वैधानिकता दिने योजना कमजोर बन्दै गएको एमालेको दाबी छ ।

तर, चुनावमा आफू अनुकूल परिणाम नआउने देखेपछि विरोधी शक्तिहरूले निर्वाचन नै बिथोल्न सक्ने वा नयाँ शिराबाट परिस्थिति भड्काउन सक्ने खतरा अझै रहेको आशंका गरिएको छ । एमालेले प्रतिगमनलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना नै सबैभन्दा उपयुक्त र सुरक्षित बाटो भएको दोहोर्‍याएको छ।

‘तर, चुनाव भएको अवस्थामा चुनावबाट अलग्गिने कुरा उपयुक्त हुँदैन’, अपानीमा भनिएको छ, ‘यस्तो अवस्थामा आन्दोलन वा चुनाव जुन दिशातिर जानुपरे पनि पार्टी पंक्ति तयार रहनुपर्छ ।’

समाचार वर्गहरू