इरानद्वारा होर्मुज सधैँका लागि बन्द गरिदिने चेतावनी

5

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) ले अमेरिकाले इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण गरे होर्मुजको जलडमरू पूर्ण रूपमा बन्द हुने चेतावनी दिएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू बन्द नभएको र अमेरिका र इजरायलको मनोवृत्तिका कारण जहाजहरू यस बाटोबाट जान हिच्किचाउने गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलडमरूम नखोले सबै पावर प्लान्टहरू ध्वस्त पार्न ४८ घण्टाको समय दिएको बताएपछि आइआरजिसीले यस्तो प्रतिक्रिया दिएको हो ।

इरानका मिडियाले भनेका छन्, ‘यदि इरानको ऊर्जा प्रतिष्ठानमा आक्रमण भयो भने, हाम्रा ध्वस्त पावर प्लान्टहरू पुनर्निर्माण नभएसम्म होर्मुजको जलडमरूम खोलिने छैन ।’ होर्मुज जलडमरू इरानसँग जोडिएको छ र यो फारसी खाडीलाई ओमानको खाडी र अरब सागर (दक्षिणपूर्व) सँग जोड्ने एक मात्र समुद्री मार्ग हो ।

विश्वको २० प्रतिशत तेल र आपूर्ति यहीबाट भइरहेको छ । अमेरिका र इजरायली आक्रमणपछि, इरानले यो मार्ग लगभग बन्द गरिसकेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।

मार्च २१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुजको जलडमरूम खोल्न नयाँ समयसीमा दिएका थिए ।उनले इरानसँग हर्मुजको जलडमरूम पूर्ण रूपमा खोल्न ४८ घण्टा रहेको बताए ।

यदि इरानले त्यसो गर्न असफल भए अमेरिकाले पावर प्लान्टहरूमा आक्रमण गर्ने र ध्वस्त पार्ने बताएका थिए । ट्रम्पको चेतावनी पछि आइआरजिसीले बदलाभावको जवाफ दिएको हो । उसले अमेरिकी हिस्सेदारी भएका सबै कम्पनीलाई लक्षित कारबाहीको चेतावनी पनि दिएको छ ।

समाचार वर्गहरू